मने 5

 Page5

चुहिरहेको छ--पानीले भिजेर । छातीतिरचाहि नाम्लाका बरियाको अल्लि पातलो
खैरो रस चुहेर फूलै-फूल भएको चोलि धमिलिएको छ। आज हाटको दिन
बाबुको छाता लिएर आएकी; आउँदा-आउँदै भोटेबस्ती पुच्छारमा हावाले उँभो
फर्काइदियो । त्यस्तै लथालिङ्ग भएको छाता बाटोमनि झाड़ीतिर रिसले फ्याँकदिन
चाही र पनि थुन्सेमा हालेकी छ । मनमाया यस्तो मुसलधार पानीमा बिजोक भएर
गइरहेकी देखेर मनेको मनमा कस्तो-कस्तो लाग्छ । भनौं मने स्वयं पीरको एउटा
सिंगो फोका भए तापनि सहानुभूतिका मसिना छेस्काहरू मरेका छैनन्‌ । मनमायाको
नजीकमा पुगेपश्चात् केही छोटो पाइलो सारेर भन्छ---
“किन यस्तो पानीमा भिज्दै गएकी ? भोटेबस्तीमा कसैको घरमा ओत
लागेको भए हुन्थ्यो त ?”
मनमायाले पानीसरिको अनुहार फर्काएर भन्छे--
“घर टाढा छ दाजु, बाटोमा ओत लागेर बसौं भने पनि !”
“घर कहाँ ?”
“पारि दबाईपानी दाजु !”
“ए, त्यसो हो भने आउनुहोस्‌, मेरो छाता ठूलो छ--म तल बेनेकबोर्न-
सम्म पुर्याइदिन्छु । मेरो घर पनि बनेकबोर्नको कोठीदेखि अलिक तल छ !”
“आधा पाखा छातामा ओत लागेर हिड्दै भन्छे--
“कहाँनेर दाजु ?”
“गन्ती डाँडा, बाटैको छेउमा !”
“ठूलो शिरीषको बोटको नजीकैको कमेरो र रातो माटोले लिपेको घरदेखि
कतातिर दाजु ?”
“शिरीषको बोटको नजीकै त्यो कमेरो र रातो माटोले लिपेको नै मेरो 
घर हो बहिनी !”
“ए!”
मनेको छातामा ओत लागेर मनमाया मनेसँग बात मार्दै गइरहेकी छ । मन-
मायाको उमेरलाई पहेंलै फुलेको तोरीबारी संझे हुन्छ--उन्नाईस वर्षकी । चौकी-
दारकी छोरी भए पनि दाना-पानी पुरा खाएकी जस्ती--बाहिरबाट गालाको रगत
पानीले चिसाए तापनि अलिलि देखिने । कानमा कुण्डल लगाएकी अति हातमा
बजारे राता बाईँ । गहना-पातको नाममा यति मात्र । जुत्ता-विनाका खाली खुट्टा ।
एउटा केश बाटेकी । निधार सानो । आँखा झरिला । कमानमा चियापत्ती टिप्ने
एउटी कुल्ली भए तापनि साह्रै राम्री । भखर मूल फुटेको पानी जस्तै उसको
सम्पूर्णता ।

 << Page5 >>


Comments

Popular posts from this blog

होइ च्याङबा