मने 4
Page4
कलिलो आँखामा गाउँको सट्टामा पहिरोले ताछेर लगेको आलो घाउ मात्र । बस,
मने डाँडैबाट आमा र बाबुलाई बोलाउँदै दगुरेको थियो त्यस दिन । तल पुगेर
“तेरा आमा बाबु भाइ-बहिनी सबै पहिरोले लग्यो !' भनेको सुन्नासाथ ग्वाँ-ग्वाँ
रोएको थियो मने त्यस दिन । भनौं मने त्यस दिनदेखि एकलो भयो, सहाराहीन
भयो । बस्, मने गाउँकै सुकवीरको घरमा बसेर गाईलाई घाँस काट्न थाल्यो । धेरै
दिनसम्म मने गाईको घाँसको भारी बोकेर रुँदै जंगलबाट आउँथ्यो । सुकवीरको
घरको नजीक आइपुगेपश्चात् रुन छाड्थ्यो । उब्रेको-पाब्रेको जे दिन्थ्यो खान्थ्यो
सुत्थ्यो । पहिरोको गहिरो चोट मनेको मुटुमा, परेको थियो । मनेले जंगलमा
गाईको घाँस काटेपश्चात् एक दिन मुरली बनाएर धेरै बेर चप्लेटी ढुङ्गामा बसेर
फुकेको थियो त्यस दिन--जानी नजानी । भोलिपल्टदेखि जंगल जाँदा पनि गाउँ
काटेपाश्चात् मुरली फुक्दै जान्थ्यो । भनौं सधैं जंगलमा मुरली बज्थ्यो बिहानपख
अनि कोही बेला बेलुकीपख । तीन महीनापाश्चात् मनेले यस्तो मुरली फुक्न थाल्यो--
जंगलै बिरमाइलो पारेर । प्रायः गाउँकाले चाल पाइसकेको थियो । एक दिन मने-
लाई गाउँको एक जनाको बिहामा माइकमा मुरली फुक्न लगाए- सबैले कर
लगाएर । मनेले यस्तो मुरली फुकेको थियो त्यस रात, बिहाको रातै रुवाएर । मुरली
फुकिसकेपशचात् मने स्वयं पनि रोएको थियो । त्यस दिनदेखि मनेलाई वारि-
पारिका गाउँमा कसैको बिहा भयो भने डाकिपठाउँथे--मुरली बजाउन । एक दिन
पारि गाउँको बिहामा रातभरि मुरली बजाएर बिहान अलिकता ढिलो फर्केकोमा
सुकवीरकी स्वास्नीले आउनेबित्तिकै कुटूँ र माँरु गरी, साथै बेलुकी सुकवीर कमात-
बाट आएपाश्चात् दुइ झापट लगाएर घरबाट निकालिदियो । त्यस रात मने भोकै
फूलमायाको गाईको गोठमा सुतेको थियो । भोलि बिहानै गाईको गोठबाट निस्किएर
मने दुइ वर्षसम्म बेपत्ता भयो । कसै-कसैले मने मर्यो सम्म पनि भने । वास्तवमा
मरेको थिएन । दुइ वर्षपश्चात् फर्किएर मनेले हप्ता दिन लगाएर आफ्नो बाँझो
बारीमा सानो फुसको घर ठड़याएर बस्यो । धन्न, त्यति बारीचाहि पहिरोले मने-
लाई उबारिदिएछ । घर बनाएपश्चात् सानो फोक्टा मात्र रह्यो केही छरी खानलाई ।
मनेले त्यो सानो फोक्टामा प्रत्येक कुरो रोप्यो- बाँच्नलाई, तर त्यतिले मने बाँच्न
सकेन । बस्, मने एउटा झोला काँधमा र हातमा मुरली लिएर वारिपारि कमान
घुम्न थाल्यो । जे होस्, उसको मुरलीको आवाज सुनेपश्चात् जो-कोहीले एक मुठी
चामल नभए एक घोगा मकै दिन्थे । बस्, मने यसरी बाँच्न थाल्यो । आजसम्म
पनि यसरी नै बाँचिरहेको छ । भनौं एउटा पीरको फोका बाँचिरहेछ ।
सानो जंगलको केही तल मने आइपुगेको छ। उसका अघि-अघि दबाई-
पानीको मानवीर चौकीदारकी माहिली छोरी मनमाया निथ्रुक्क भिजेर गइरहेकी
छ--थुन्से बोकेर । सेतो गुनिउँमा थुन्सेको कटुवाको र डल्लो मुरईको खैरो रस

Comments
Post a Comment