मने 3
Page3
भनेको एक रुपियाँ तीन आनाको सम्म टिप्छे । बस्, सधैं खानु धौ-धौ । फुलौरीको
बाबु छउन्जेल त्यति साह्रो दुःख भएन; तर हिजआज साह्रै दुःख छ बिचरीलाई
र त सधैं फुलौरीको बाबुको संझना आँखामा झुन्डाएर हिड्छे । भनौं आँखाको डील-
डीलमा आँसु बोकेर हिड्छे । मनेले मुरली फुक्यो कि फुलौरीकी आमाको थ्याङ-
थिल्ल भएको मुटु अब छैन कि जस्तै भएर चिरिन्छ । बिचरा मनेको मुरलीको के
दोष ! मनेले आफ्नै पीर बजाउँछ । मनेले आफ्नै पीर घोप्टाउँछ--धेर भएर ।
मनेले अहिले सानो जंगल काट्नै आँटेको छ। मूसलधार पानी ओइरिएको--
ओइरिएकै छ । घरि-घरि बौलाहा हावाले छाता उड्डाउन खोज्छ । छाताको बाँसको
डण्डी जोडले पक्रिएको छ । पानी-जुत्ता कुर्कुच्चा खिइसकेको, पानी-वर्षाती तीन
ठाउँ च्यातिएको अनि छाता टुप्पामा टालेको । ती तीनैवटा चीज बिहातिर मुरली
बजाउँदा दिएको । अँ, भन्दा शरीरमा लगाएको एउटा नीलो जीनको कमेज-बाहेक
सबै दिएको । भनौं मने एउटा सिंगो गरीबीको दैनिक अखबार । सातचोटि कमानको
मन्सीलाई अनि दुइचोटि गोरा साहेबलाई जौंले हात जोड्दा पनि कमानमा काम
नपाएको । घेरैचोटि एक लोहोटा चिसो पानी पिएर सुतेको थियो मने अनि हिउँदमा
चाहि विशेष मंगसीरभरि वारि-पारि टाढ़ा-टाढ़ा बिहाको भतेर खाएर छाक टार्थ्यो,
अझै टार्दैछ । यहाँसम्म भयो अतीतमा मनेलाई कसैको किरिया भयो भने छाड्दैन
थियो । प्रायः हिज-आज पनि त्यस्तै छ । कोनि कताबाट आज आधा सेर खसीको
मासु किनेर ल्याउन सक्यो। लौ त भनौं भने उसले बिहा र किरियामा बाहेक
कहिले मासु खाएको छैन । दुध, दही, मही र घिउको अनुहार डाँडापारिकै कुरा
संझे पनि हुन्छ । रुपियाँ-पैसाको कुरामा तीन रुपियाँभन्दा धेरै कहिले छोएको छैन ।
आजभन्दा सात वर्षअघि मने बेलुकीपख पल्लो गाउँ साथीकोमा गएको
थियो । त्यतिबेला पनि आज जस्तै मूसलधार पानी तीन दिन अघिदेखि परिरहेको
थियो । मने साथीको घरबाट फर्किने बेलामा मूसलधार पानीमाथि पनि बौलाहा
हावा चल्न थाल्यो । बस्, मने त्यस रात साथीकै घरमा वास बस्यो । रातको दुइ
बजे चारैतिर पहिरो गयो भनेर खैला-बैला भयो; तर मनेले चाल पाएन । भनौं त्यस
घरकाले कसैले चाल पाएनन् । भोलिपल्ट बिहान छ: बजे उठ्दा चारैतिर छयाङ्ग
थियो । भनौं, नीलो आकाशमा बादलको सानो छेस्काधरि थिएन । बाबुको डरले मने
उठ्नासाथ आँखाको कचेरा पुछ्दै घर फर्कियो--त्यस घरका कसैलाई बस्नुहवससम्म
पनि नभनी । बिचरा त्यति वेला सानै थियो तेह्न वर्षको । बाबुदेखि साह्रै डराउँथ्यो
मने । ठूलो भएर अर्थातु दश वर्षको उमेरमा गाउँको स्कूलमा भर्ना भएको हुनाले
तीन क्लाससम्म मनेले पढेको थियो, साथै चार क्लासमा पढ्दै थियो त्यस बेला ।
बाबुको डर मान्दै-मान्दै मने घर फर्किरहेको थियो। जसै मने घरको मास्तिरको
डाँडामा पनि पुग्यो, मनेको आँखीभौं उचालियो--उसको गाउँ थिएन । उसको
Comments
Post a Comment