मने 2

 Page2

मोहन एकसुरमा गइरहेछ, मूसलधार पानीमा पानी-जुत्ता र पानी-वर्षातीको

एकोहोरो रुखो आवाज, ल्याफ्ल्याफ्ती भिजेको अलकत्रे सडकभरि जन्माएर- सेरेक-

छ्याप्‌, सेरेक छ्याप्‌......”। 'उ' अहिले लेबोङको अलिकता मास्तिर सानो जंगलमा

पुगेको छ । घर फर्किरहेछ बेनेकबोन चियाबगान-तरफ । उसको सालनाल काटिएको

स्थान । साह्रै मायालु चियाबारी । भनौं उसका पुर्खा चियाको बोट रोपेर चियाको

बोटै भए शायद त्यसैले होला मोहनलाई यत्रो विध्न माया चियाबारीको । चियाको

हरियो मुना जस्तै उसको मुटु पनि- धेरै-धेरै खडेरी परेर पनि सुक्न नसकेको

कतिचोटि त उसले साहारा मरु-भुमि डल्लै आँखामा बोकेर हिड्यो र पनि सुक्न

सकेन उसको मुटु । भनौं चियाबारीको गहिरो माया । साह्रै गहिरो--नीलो दह

उसको मुटुको आयतन ।

    आज शनिवार हाटको दिन । देब्रे कुममा धर्के झोलाभित्र आधासेर खसीको

मासु, एक पावा पियाज, चार आनाको गरम मसाला र दुइ आनाको लाम्चे खोर्सानी

बोकेको छ। अरू केही पनि छैन । आज मुरली फुकेर केही पैसा बटुलेको जस्तो

देखिन्छ । साह्रै मीठो मुरली फुक्छ । भनौं उसको बाँच्ने आधार--मुरली । घरमा

केही खानेकुरो नहुँदा एउटा झोला काँधमा र हातमा सात वर्षे उमेर पुगेको अर्थात्‌

“उ' भन्दा तेह्व वर्ष कान्छो मुरली हातमा बोकेर घरबाट निस्किन्छ- धेरै वर्षे-अघि

गएको एउटा पुरानो पहिरो जस्तो । गाउँदेखि टाढ़ा-टाढ़ाका कमान बस्तीका मान्छेले

मुरलीवाला भनेर चिन्छन्‌ अनि गाउँकाले मोहनलाई भत्काएर केवल मने भनेर

चिन्छन्‌ । जे होस्‌, उसलाई जे भन्दा पनि सुहाउँछ । प्रथमतः उसलाई सुहाओस्‌

कि नसुहाओस्‌ केही खाँचो छैन । उसलाई अहिले घरि एक छाक भात जुटे

भइगयो । कोही-कोही बेला बर्खाको दिनमा त्यही पनि नजुट्दा बाह्न बजे

रातसम्म चूल्वाको छेउमा बसेर साह्रै दर्दभरि मुरली फुक्छ। छेउ-छाउका घरका

मान्छेहरू घरभित्रबाट बाहिर सिकुवामा निस्किएर कान थाप्छन्‌ मनै अमिलो

पारेर । हिज-अस्तिको कुरा फुलौरीको आमा धुरुधुरु रोई मनेको मुरलीको दर्दभरि

आवाज सुनेर । झंडै रातभरि जस्तै रोईबसी । बिचरी फुलौरीको आमा, भर्खर राँडी

भएकी । सन्तानको नाममा एउटी छोरी फुलौरी । तीनवटा छोरा-छोरी गाडि-

सकेकी । भनौं फुलौरीकी आमाको मुटुभरि पीरको थाक छ। कमानमा पत्ती टिप्न

जान्छे- कोक्रोमा नानी बोकेर । अनुहार सधैं निन्याउरो । पहेँलो रगतबिनाको

अनुहार । दश ठाउँ बिसाएर आफ्नो मेलोमा पुग्छे--सबै साथीहरूभन्दा पछि । पत्ती

टिप्दाटिप्दै घरि-घरि कमानबारीको शिरीषको बोटको पातलो सियाँलमा बस्छे,

रिंगटा चलेर । सबै साथीहरूले चार-पाँच रुपियाँको चिया-पत्ती टिप्दा उसले धेर


 << Page2 >>


Comments

Popular posts from this blog

होइ च्याङबा