होइ च्याङबा 3
Page3
त्यो हर हिसाबमा भाग्य झुण्डेको हुँदैन। त्यसको पखेटा लागेको
हुन्छ। उड्छ, उड्छ, पक्रनु सक्नुपर्छ।
“हिँड जाउँ”
“अहिले? कहाँ?”
“भाग्यले देखाएको बाटै बाटो, जहाँ पुर्याउँछ।”
आकाशमा झलमल जून लागेको थियो। दुवै जना आफ्ना आफ्ना
भारी वोकेर वाटो लागे।
“यो बाटो कहाँ पुग्ने होला?” इन्द्रमाया बोलिन्।
“गुन्द्री बजार भन्छ, गुन्द्रुकको बेपार चल्छ भन्छन्।”
“वहीं जाने हामी?”
“खुट्टाले कहाँ पुर्याउने हो, अहिले के भन्नु।”
“जाडो छ। यति राती कता पो गएर बस्नु?”
“जाउँ न त्यो थुम्कोसम्म गीद्दे भन्छ त्यसलाई।'”
दुवै केही बेर नबोली हिँडिरहे। इन्द्रमाया केही पछि परिन्। भक्तवीर
उभे उनले तोक्मा लाएर इन्द्रमायातिर हेरे- “थाक्यो क्या?!”
“निन्द्राले मात्यो नै?”
“खै तिम्रो थुन्से पनि बोकुँ।” भक्तवीरले उनको थुन्से समाते। इन्द्रमायाले
आफ्नो भारी भूइँमा राखिन्- “म त एक छिन सुत्छु”
“आः: तिमी त।” भक्तवीरले पनि आफ्नो डोको बिसाए। उनले राडी
झिके- “यो ओछ्याएर सुत। दुइ घण्टामा तिम्रो निन्द्रा पुग्छ।”
सुकेका पत्करहरू बटुलेर भक्तवीरले चकमच ठोसे। झिल्कासितै झुलो
घुँवायो। एकैछिनमा त्यहाँ आगो बल्यो। साह्रै तरूणी पनि होइन तर
चालीस छेउछाउकी एक जना स्वास्नी मानिस छेउकै रूखको आड़बाट
निक्लेर आई- “हजुर साह्रै जाडो भयो, हात सेंक्ने एउटा अगुल्ठो दिनुहुन्छ कि?”
परै उभेकी कंकाल जस्ती स्त्री देखेर भक्तवीर एकछिन त सशंकित
भए। उनको मनमा मानिसहरूले भनेको चुड़ेलको सम्झना भयो तर आँट
भएका अनि डरभन्दा बिचारलाई अघि लाउने भक्तबीरले अलि खरो
Comments