होइ च्याङबा 2
Page2
बिरालोको न्याउरो छाड्दा उनलाई आफ्नो सर्वस्व छाड़े जस्तै लाग्यो।
+ + + +
हेर्नोस् मेरो हात, ठेउला परेछ। यो ढुङ्गा कुट्दाता क्या कुट्दा वल
परे भन्दा बसेको नमीठो, यी जम्मै चाक, कम्मर दुखेर खपिसक्नु हुँदैन।”
इन्द्रमायाले भक्तवीरको खुट्टा मिच्दै भनिन्।
आराको लट्ठा चढाउनु पनि निक्कै साह्रो पर्छ, त्यो पनि सखुवाको।
आज देवलालहरूको एकजना साथी चढाउँदै गरेको मुड़ा खसेर किचिमर्यो।
मलाई त यो काम पनि ठीक लागेन तर सरदारले बैदारी गर्नु भन्दैछ।”
उनले कोल्टे फर्केर भने।
“सुत थाकेकी छौ।”
इन्द्रमाया पनि लोग्नेले ओड्रेकै पाखी ओडेर सुती तर उनलाई पनि
नीद लागेन। भक्तवीरको आँखा लागेन। उनले भने- “मैले सपनामा पाएको
ठाँउ यो होइन।”
“गरिखानु त जहीं पनि पर्छ नै कति सरिरहनु र।” इन्द्रमाया बोलिन्।
“आफ्नो भाग्यले आफूलाई पर्खेको हुन्छ, खोज्नुपर्छ, भेटाइन्छ, मैले
भेट्नुपर्छ। त्यहीँ जहाँ त्यो सेतो फिरफिर गर्ने झण्डी फरफराउँछ।”
“अब कहाँ होला त्यो ठाउँ।”
“हिमाल देखिने त्यो अल्गो डाँडोमा जहाँ देवताको धाम छ, त्यहाँ
पारूहाँग बस्छ।”
“कहिले पुग्नु त्यहाँ। यहाँ आएको पनि छ महीना बडी भइसक्यो।”
“हिँडौन अहिल्यैँ।”
“तपाईं जहिल्यै पनि राती हिँड्नुहुन्छ।”
“यस्तो असल काम- आफ्नो भाग्य खोज्न जाँदा सुटुक्कै त हिँड्नुपर्छ।
कसैले थाहा न पाउस्।” भक्तवीर पाखी फालेर उठे। इन्द्रमाया पनि उठि्न्।
एकछिन् अत्मलाएर उनी बोलिन्- “हामीले कुट्दै गरेको ढुङ्गाको पैसा
त्यसै छाडिराख्नु र? एक कोरी एघार पावा भएको छ। पैसा सरदारले भोलि दिन्छ!"
Comments