होइ च्याङबा 4
Page4
स्वरले प्रश्न गरे- “तँ को होस् यति राती?”
“प्रभु, म दमिनी हुँ।" बिहेको लुगा- सरदारकी कान्छी छोरीको बिहे
पर्सी जसो छ। पुर्याउन गएकी उतै ढिलो हिँडेकी, बेर भइगो झमक्क रात
परेपछि त आँखै देखिनँ। उ पर ओडारमा बसें।
“ए, त्यहाँ गएर आगो ताप"
“होइन प्रभु म दमिनी।”
“तिमी दमिनी, मेरी जहान राईनी, अहिले यहाँ यो पहरोबाट ढुङ्गा
पल्टी आए के मेरी राईनी जहानलाई बचाएर तिमी दमिनीलाई मात्र
किच्ने हो र?”
“प्रभु, त्यो त भाग्यको खेल हो।'" ऊ आगोको छेउमा बसी। भक्तवीर
अलि परतिर गएर जूनको उज्यालोमा दाउरा काट्न लागे। मड़ारिएर
अनुहारभरि पसिनै पसिना भएर लडिरहेकी इन्द्रमायालाई देखेर उसले
सोधी- “के भयो हजुरलाई?”
“पेट दुख्दैछ। उनीलाई बोलाइदेउन।”
“एS! यस्तोमा जातको बार हुँदैन। म हेरूँ है। लोग्ने मान्छेलाई के थाहा।"
इन्द्रमायाको जिउ छामेर उसले सोधी- “कतिबेर भयो नि मुखिनी हजुर?”
“बेलुकैदेखि अलि-अलि दुखेको।” भक्तवीर ढुइगिँड मुढा लिएर
आए) उनले मड़ारिएकी इन्द्रमायालाई देखेर भने- “के भयो?”
“एकछिन पर्खनोस् हुनै आँट्यो।" दमिनी बोली।
“हन के भयो?”
“एकछिन् उतै बस्नोस् हजुर।''
“एकछिन् मा नानी रोएको सुनेर भक्तवीर छेउमा आए। दमिनीले
उता फर्केर भनी- “हजुर! पानी तताएर त्याउनुहोस्। पानी त्यहीं खोल्सीमा
छ |"
भक्तवीर आफ्नो ढाकरबाट तसला झिकेर पानी भर्न हिँडे।
“यो साल नाल ढुंग्रोमा हाली दूध आउने रूखमा झुण्डाउनुहोस्,
Comments
Post a Comment